आज दिनभरको मौसम कस्तो रहला ? भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

आइतबार, २८ असार २०७७, ०८ : १६
आज दिनभरको मौसम कस्तो रहला ? भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आईतबार देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमति प्रदेशका धेरै स्थान र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ् सहित वर्षाको भईरहेको जनाएको छ। प्रदेश १ र २ का थोरै स्थानहरूमा भारी वर्षा पनि भईरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रही धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र  गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही  धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग  सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै  गण्डकी प्रदेशको एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस