थप ११८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, २६ असार २०७७, १६ : २६

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या  १६ हजार ६४९ पुगेको छ ।