Safal Khabar - भाडा लिएर यात्रु बोक्ने निजी सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा
बिहिबार, २९ साउन २०७७ (Thursday, 13 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
भाडा लिएर यात्रु बोक्ने निजी सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा
बिहिबार, २५ असार २०७७, २२ : ०७
भाडा लिएर यात्रु बोक्ने निजी सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा
file-photo

काठमाडौँ । काठमाडौ उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको समयमा भाडा लिएर यात्रु बोक्ने निजी सवारी साधनको चेकजाँचमा कडाइ गरी पक्राउ गर्न थालेको छ ।

चार दिनयता उपत्यकामा भाडा लिएर यात्रु बोक्ने १६ वटा निजी सवारी साधन नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ताप्रहरी उपरीक्षक बामदेव गौतमले बताए । उनले रातो प्लेटका निजी सवारी साधनले प्रयोजन विपरित यात्रुसँग भाडा लिएर नियम विपरित गरेको पाईएकोले पक्राउ गरिएको जानकारी दिए ।

बा१७च६७४२, बा१६च२१७४, बा१७च १५७२, प्र३च३०७८, बा३च५३९८, को१च९६०५, बा५च७५५, बा५च११४, बा१५च९६८०, बा१९च२१८४, बा१५च२७०६, बा१३च५३८५, बा१०च११९२, बा२०च४८७७, बा१ञ११२०, ज१च१२६३ नम्बर भएका निजी सवारी साधनहरूलाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

Yeti Diistillery
Tansen Cement box

निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर यात्रु ओसारपसार गर्ने गरेको सुचनाको आधारमा ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चेकजाँचलाई पनि तीव्र बनाएको छ ।

प्रवक्ता एसपी बामदेव गौतमले ती सवारी साधनहरूलाई प्रयोजन विपरित कसुरमा ट्राफिक कारवाहीगरी पुन: सोही गल्ती नगर्न निर्देशन गरी छाडिएको बताए । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम प्रयोजनका आधारमा सवारी साधनको नम्बर प्लेट कायम गरिएको र निजी प्रयोजनमा दर्ता भएका रातो नम्बर प्लेटका सवारीले भाडाको काम गर्न नपाउने उल्लेख रहेको पनि छ।

प्रतिक्रिया दिनुहोस