काठमाडौँ । गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गेरेका छन् ।
यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिएकाले सरकारले उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । गृह मन्त्रालयमा आज बिहान आयोजित एक समारोहका बीच दज्र्यानी चिह्न प्रदान गर्दै गृहसचिव न्यौपानेले कानूनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गरे ।
कानूनको पालनाका सन्दर्भमा निर्मम हुन आग्रह गर्दै उनले गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न निर्देशनसमेत दिए । “मैले पहिले पनि भनेको हुँ, अहिले पनि भन्छु, सङ्गठनमा कुनै पनि गलत प्रवृत्ति देखियो भने निकालेर फालौँ, कुनै भनसुन चल्दैन, हरेक निर्णय कानून र निष्पक्षतामा रहेर हुन्छ”, उनले भने ।
प्रहरी जनतामा घुलमिल हुने सङ्गठन भएकाले नागरिकमैत्री व्यवहार हुनुपर्नेमा उहाँले जोड दिए । प्रहरी सङ्गठनमा एकढिक्का बनाएर लैजानुपर्ने, मनोबल र सेवा सुविधा बढाउनुपर्ने, कानूनको परिपालनालाई प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको उनले बताए । उनले अपराध अनुसन्धानमा शून्य सहनशीलता अपनाउन प्रहरी अधिकृतलाई निर्देश गरे ।
उनले तीन तहको राज्य संरचनाअनुसार प्रहरी समायोजन गर्ने अभिभारा प्रहरी महानिरीक्षकसामु रहेको बताए । सरुवा, बढुवा, तथा वृत्तिविकासमा दबाब र प्रभावमा पर्नुपरेको भन्ने कुरा सुन्नमा आएको उल्लेख गर्दै उनले मूल्याङ्कनमा अब्बल व्यक्ति नै छनोट हुने प्रष्ट्याए ।
‘बर्दीमा दाग लगाए निर्मम कारवाही ’
उक्त समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले कानूनले तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिने विश्वास दिए । प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने उन्ले धारणा व्यक्त गरे । उनले आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरी नठान्न आग्रह गरे । उनले भन्नुभयो, “कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्ममरुपमा कारवाही गरिन्छ ।”
उनले जीवनमै नभोगिएको स्वास्थ्य महामारीको चपेटामा मुलुक रहेकाले सङ्क्रमण रोक्न सिक्दै अघि बढ्ने बताए । प्रहरी समायोजनलाई सही निष्कर्षमा पु¥याउनेसमेत उनले प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २५ असार २०७७, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ग्रे लिस्ट’ बाट बाहिरिने विषयमा प्रहरी महानिरीक्षकसँग एपीजीका प्रतिनिधिको छलफल
निर्वाचन सुरक्षा प्रभावकारी रूपमा सम्पन्न भएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षकले दिए कर्मचारीलाई धन्यवाद
निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस्: महानिरीक्षक अर्याल
भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
कानुनअनुसार नै हतियार खरिद गरिने प्रहरी महानिरीक्षकहरूको स्पष्टीकरण