नारायणी टुडे मासिकको १५६औँ अङ्क लोकार्पण

सफल खबर संवाददाता

विहीबार, २५ असार २०७७, ११ : १५
नारायणी टुडे मासिकको १५६औँ अङ्क लोकार्पण

तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । विगत बीस वर्षदेखि चितवनबाट निरन्तर प्रकाशित हुँदै आइरहेको नारायणी टुडे मासिकको १५६औँ अङ्क बुधबार एक समारोहबीच लोकार्पण गरिएको छ ।

चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम र भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले संयुक्तरुपमा पत्रिकाको नयाँ अङ्क लोकार्पण गरेका हुन् । नारायणी टुडेको नयाँ अङ्कमा भरतपुर अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. मनोज कँडेलको अन्तर्वार्ता समेटिएको छ ।

पत्रिकाका प्रधान सम्पादक एवम् प्रकाशक विरेन्द्रमणि पौडेलले सञ्चालन गरेको लोकार्पण कार्यक्रममा डा. रेग्मी, डा. गौतम, डा. अधिकारी, डा. टङ्क ओझा, निर्माण व्यवसायी शिवप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार सूर्यप्रकाश कँडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस