एजेन्सी । मन्त्रीपरिषद् बैठकमा बिरामी परेका आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ ।
मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका ६१ वर्षका कोलाबालीको उपचारका क्रममा अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो । गएको मे २ मा उपचारका लागि फ्रान्स गएका उनी दुईमहिनापछि गत विहीबार स्वदेश फर्किएका थिए ।
सत्तारुढ पार्टीले राष्ट्रपति चुनावका उम्मेदवार बनाउने घोषणा गरेका कोलाबालीको निधनले आउँदो अक्टोबरमा हुने भनिएको चुनावमा अनिश्चित भएको छ । गएको बिहीबार स्वदेश फर्किएका उनले देशको विकासलाई निरन्तरता दिने बताएका थिए । तर उपचारबाट फर्किएको हप्ता दिनमै उनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ असार २०७७, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
वरिष्ठ कलाकार 'राते काइँला' सुनिल थापाको निधन
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
गायक प्रशान्त तामाङको निधन
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन