काठमाडौँ उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, २४ असार २०७७, १६ : ५९
काठमाडौँ उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौँ उपत्यकामा बुधबार थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ६ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १० जना र ललितपुरका ७ जनामा संक्रमण पुष्टि भएको हो ।