काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नकेपा) का नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कुनै पनि विदेशीको राजनीतिक तथा कुटनीतिक गतिविधिलाई सुन्न सकिने तर मान्ने नमान्ने अधिकार आफैमा भर पर्ने बताएका छन् ।
पछिल्लो समय नेकपाभित्र विवाद बढ्दै गएका बेला चिनियाँ राजदूतको सक्रियता बढेपछि आएका प्रतिक्रियाको जवाफ दिँदै मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा प्रश्नात्मक शैलीमा भट्टराइले ४ बुँदे स्टाटस लेखेका छन् ।
पहिलो बुँदामा भट्टराईले प्रश्न गरेका छन्, ‘संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठीक कि संविधान निर्माणप्रति सद्भाव राख्नु ठीक ?’
नेपालमा संविधान घोषणा हुने बेलामा भारतले हस्तक्षेप गर्दै यसलाई रोक्न खोजेको थियो । भारतीय विदेश सचिव (हाल विदेशमन्त्री) एस जयशंकरले नेपालमै आएर नेताहरुलाई दवाव दिएका थिए । भट्टराईले भारतको नाम नलिइकन त्यही घटनालाई ईंगित गर्न खोजेका हुन् ।
दोस्रो बुँदामा मन्त्री भट्टराईले अर्को प्रश्न सोधेका छन्, ‘पहिलो र दोस्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति–जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठीक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सदभाव राख्नु ठीक ?’
तेस्रो बुँदामा उनले नाकाबन्दीको प्रसंग उल्लेख गरेका छन् ।
‘नेपालमाथि नाकाबन्दी लगाएर हायल कायल पार्न खोज्नु ठीक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देऊ भन्नु ठीक ?’ उनले प्रश्न गरेका छन् ।
चौथो बुँदामा मन्त्री भट्टराई लेख्छन्, ‘पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टीबीच राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्धभाव राख्नु ठीक ?
उनले अन्त्यमा भनेका छन्, ‘कसैको पनि कुरा सुन्नु राम्रो हो । मान्ने नमान्ने अधिकार हाम्रो हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असार २०७७, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई