काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार रुपन्देहीको माँयादेबी गाउँपालिका-५ मकरीस्थित सडकमा मझगावाबाट भैरहवातर्फ जाँदै गरेको लु.३४ प ३४२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सियारी गाउँपालिका-४ पर्सौनी बस्ने ३३ वर्षीय रिजमान अहमद मुसलमानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी काभ्रेको बनेपा नगरपालिका-४ शेरास्थित सडकमा बा.१ क ९२३६ नम्बरको मिनि टिपर अचानक ब्रेक फेल भई मंगलबार दिउँसो दुर्घटना हुँदा टिपरका सह-चालक भक्तपुर सूर्यबिनायक नगरपालिका-७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-२९ मुग्लिङ नारायणगढ सडक-खण्डको खहरे भन्ने स्थानमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी धादिङको धुनिबेशी नगरपालिका-९ खत्रीपौवास्थित सडकमा बा.४ ख ३१०४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री काठमाडौं नागर्जुन नगरपालिका-३ बस्ने ४० वर्षीय महेश श्रेष्ठको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा पनि ना.५ ख ५४१ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५ फिट तल खसेर बुधबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार रौतहट माधव नारायण नगरपालिका-१ बस्ने २० वर्षीय पवन जैसवालको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ट्रकका चालक सुनसरी चक्रघटी नगरपालिका-७ बस्ने २८ वर्षीय हिरन मगरको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असार २०७७, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
राजधानीमा स्कुटर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते
सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते