महेन्द्र मल्ललाई पार्टीबाट निस्काशन

सफल खबर संवाददाता

बुधबार, २४ असार २०७७, १२ : ५२
महेन्द्र मल्ललाई पार्टीबाट निस्काशन

फाईल फोटो

काठमाडौँ । अनुशासन उल्लंघन गरेको भन्दै नेपाली काँग्रेसले महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निस्काशन गरेको छ । 

सो पार्टीको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले बाँके जिल्लाका मल्लले नेपाली काँग्रेस पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको ठहर गर्दै ५ बर्षका लागि पार्टीबाट निस्कासनको कारवाही गरेको हो । 

उनलाई काँग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) बमोजिम पार्टीको अनुशासन उल्लघंन गरेकोले विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा ८ (ङ) अनुसार ५ वर्षका लागि पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस