हङकङमा चीनको नयाँ राष्ट्रिय सुरक्षा कार्यालय स्थापना

एजेन्सी

बुधबार, २४ असार २०७७, १२ : ३९
हङकङमा चीनको नयाँ राष्ट्रिय सुरक्षा कार्यालय स्थापना

एजेन्सी । हङकङमा हालै लागु भएको नयाँ सुरक्षा कानून अनुसार चीनले त्यहाँ औपचारिक रुपमा नयाँ राष्ट्रिय सुरक्षा कार्यालय स्थापना गरेको छ ।

नयाँ कानून पारित नहुँदासम्म हङकङ चीनको स्वायत्त क्षेत्र मात्रै थियो, त्यहाँ यस्तो खालका कार्यालय चीनले स्थापना गर्न पाउने थिएन । विखण्डनको जोखिम बढेको तथा आतंकवादी गतिविधि हुन सक्ने दाबीसहित चीनले नयाँ सुरक्षा कानून ल्याएर हङकङमा आफ्नो उपस्थिति बलियो बनाएको हो ।

कानूनले हङकङको स्वायत्तता तथा स्वतन्त्रतामा गम्भीर असर पारेको भन्दै प्रजातन्त्र पक्षधर तथा अन्तर्राष्ट्रिय समुदायले गम्भीर आलोचना गर्दै आएका छन् । चीनले भने ती आलोचनाहरु सुनेको छैन । चीनका सुरक्षा एजेन्टहरु पहिलोपटक हङकङको केन्द्रमा औपचारिक रुपमा कार्यालय स्थापना गरि बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस