उपत्यकामा थपिए २८ कोरोना सङ्क्रमित

रासस

मंगलबार, २३ असार २०७७, १९ : २०
उपत्यकामा थपिए २८ कोरोना सङ्क्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभयो । 

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका एक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौँका १२ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा भक्तपुरका चार र ललितपुरका १० जनामा सङ्क्रमण देखिएको हो । 

आज सबैभन्दा बढी बाजुरामा ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । अछाम र बैतडीका ११÷११, महोत्तरीका नौ, धनुषा र अर्घाखाँचीका आठ÷आठ, डोटीका सात, मोरङ र डडेल्धुराका छ÷छ, सल्यान, रुकुम पश्चिम र नवलपसारीका पाँच÷पाँच, सप्तरी, सुनसरी, दाङ, सुर्खेत र गोरखाका तीन÷तीन, तनहुँ, पाल्पा र बर्दियाका दुई÷दुई, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, रुकुम पूर्व, बागलुङ र कपिलवस्तुका एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा मुलुकभर २०४ सङ्क्रमित थपिएका छन् । हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ पुगेको छ । पछिल्लो २४ घण्टामा छ हजार १३३ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । हालसम्म पिसिआर विधिबाट दुई लाख ६१ हजार ८६१ नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस