काठमाडौं । गोरखाबाट उपचारका लागि पाटन अस्पतालमा ल्याइएका एक युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष उनको गएराति मृत्यु भएको शर्माले बताए ।
मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असार २०७७, १५ : २१
लेखकबाट थप