गंगालालमा उपचाररत ७ जना बिरामीमा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०७७, १२ : ५१

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले यसको पुष्टि गर्दै उनीहरुको कन्ट्याक ट्रेसिङ गर्न बाँकी रहेको बताए । 

अस्पतालमा भने आज मंगलबारबाट आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरिएको छ ।