नेकपा विवाद मिलाउन चिनियाँ राजदुत यान्छीको सक्रियता बढ्दै

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०७७, ११ : ००
नेकपा विवाद मिलाउन चिनियाँ राजदुत यान्छीको सक्रियता बढ्दै

फाईल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिल्न नसकेको बेलामा नेपालका लागि चिनियाँ राजदुत यान्छी होउले पालैपालो नेकपाका वरिष्ठ नेताहरु भेट्न थालेकी छिन् ।

राजदुत यान्छीले मंगलबार बिहानमात्रै नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालसँग झण्डै ४५ मिनेट भेटवार्ता गरेकी छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ ।

यसअघि आइतबार साँझ राजदूत होउले अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटवार्ता गरेकी थिइन् । सत्तारुढ दलभित्र शक्ति संघर्ष चुलिएका बेला चिनियाँ राजदूत होउको सक्रियतालाई राजनीतिक बृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ । 

यसअघि गत वैशाखमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला पनि राजदूत होउको सक्रियता बढेको थियो । त्यसक्रममा उनले नेकपाका शीर्ष नेताहरुसँग भेटेपछि विवाद केही मत्थर भएको थियो । 

प्रतिक्रिया दिनुहोस