युद्धविरामको पर्खाइमा पूर्वी गुटा

एजेन्सी

बुधबार, १६ फागुन २०७४, ०९ : ३४
युद्धविरामको पर्खाइमा पूर्वी गुटा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवारदेखि सिरियाको पूर्वी गुटा इलाकामा दैनिक पाँच घण्टा हवाई हमला बन्द गरिने बताएका थिए ।

राजधानी दमास्कस नजिकै विद्रोहीहरुको नियन्त्रणमा रहेको उक्त इलाकामा झण्डै चार लाख सर्वसाधारण युद्धको चपेटामा परेको ठानिएको छ ।

त्यहाँ रुसी मद्दतबाट सिरियाली सैन्यले भीषण हवाई हमला गर्दै आएका छन् संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शनिबार देशभर ३० दिने युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो ।

तर युद्धविराम शुरु गर्ने कुनै प्रारम्भिक मिति चाहिँ दिइएको थिएन । उक्त युद्धविराम भङ्ग भएका समाचारहरु आएका छन् । बीबीसी

 

प्रतिक्रिया दिनुहोस