ट्रम्पले आफ्नो निजी पाइलटलाई गरे सङ्घीय उड्डयन प्रशासनको प्रमुखमा नियुक्त

एजेन्सी

बुधबार, १६ फागुन २०७४, ०९ : ०६
ट्रम्पले आफ्नो निजी पाइलटलाई गरे सङ्घीय उड्डयन प्रशासनको प्रमुखमा नियुक्त

अमेरिकी राष्ट्रपति ट्रम्पले जोन डन्किन नामक व्यक्तिलाई सङ्घीय उड्यन प्रशासनको प्रमुखमा नियुक्त गर्न लागेको ‘एक्जिओस’ले रिपोर्ट गरेको छ ।

ख्याल गर्नुपर्ने कुरा डन्किनसँग यो पदका लागि सामान्य आवश्यक योग्यता केही पनि छैन । उनी न त हालका न विगतका निर्वाचित अधिकारी हुन् । न उनीसँग गहिरो सरकारी अनुभव रहेको छ ।

त्यसो भए अमेरिकाभरको उड्डयन प्रणालीको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने यो पदका लागि डन्किनलाई केले योग्य बनायो ? उनको बारेमा एउटा तथ्य बाहिर आएको छ । उनले ट्रम्पको निजी पाइलटको रूपमा दुई दशक काम गरेका छन् । उनको अन्य योग्यताको बारेमा एक समर्थकले ‘एक्जिओस’लाई यस्तो बताएका छन्ः

‘जोन डन्किन पाइलट मात्र होइनन्,’ राष्ट्रपति प्रशासनका एक अधिकारीले बताए, ‘उनले वायुनिगम र सङ्घीए उड्डयन प्रशासनको नियमअन्तर्गत प्रमणपत्र पाएको नयाँ व्यावसायिक उडान शाखाहरूलाई व्यवस्थापन गरेका छन् । उनले ट्रम्पको राष्ट्रपति अभियानका सम्पूर्ण उड्डयनहरूको निगरानी गरेका थिए । यसअन्तर्गत २१ महिनाको अवधिमा ४३ राज्यको २०३ शहरहरूमा गरिएका सम्पूर्ण हवाई यातायातको व्यवस्थापन पथ्र्यो ।”

‘एक्जिओस’को अनुसार डन्किनले ट्रम्पलाई एक पाइलटले सङ्घीय उड्डयन प्रशासनको नेतृत्व लिएमा जहाजहरूको उडानमा ढिलाइ नहुने बताएका छन् ।

यो ट्रम्पको अर्को बकवास वा सनकजस्तो लाग्ला तर यो वर्तमान प्रशासनले अमेरिकी सरकारका परम्परागत मान्यताहरूका कैयाँै अवयवहरू कसरी तोडिरहेको छ भन्ने पछिल्लो उदाहरण हो । यस्तो लाग्छ प्रशासन लगभग हरेक दिन केही नयाँ उदारण दिन चाहन्छ ।

यो समाचार सी.एन.बी.सी.ले रिपब्लिकन राष्ट्रिय कमिटीले ट्रम्पको सन् २०२० को राष्ट्रपति अभियान स्थलका लागि अहिलेदेखि मासिक ३७,००० अमेरिकी डलरको भाडा तिरिरहेको खबर आएको केही दिनपछि आएको हो । स्थान ? न्युयोर्कको ट्रम्प टावर (ट्रम्पको निजी घर) । यो खासमा गैरकानुनी होइन । ‘यो गर्न नसकिने काम होइन र यसबारेमा आएको रिपोर्ट साँचो हो ।’ गैरपार्टी अभियान कानुनी केन्द्रका ब्रेन्दन फिसरले भने ‘तर यो चिन्ताजनक कुरा हो ।’

यी सबै असम्बन्धितझैँ लाग्ने टुक्राहरूले एउटा सग्लो चित्र निर्माण गर्छ । हामी एउटा यस्तो राष्ट्रपतिबाट शासित हुँदै छौँ, जसको प्रशासन लोकतान्त्रिक मान्यताहरूको क्षयीकरणको जगमा उभिएको छ । उनको प्रत्येक कार्यले हरेक दिन आक्रोश पैदा गरिरहको छ । उनी एउटा आक्रोशको कारण सेलाउन नपाउँदै अर्को आक्रोशको कारण जन्माउँछन् । यसले गर्दा हाम्रो राजनीतिक सस्कारप्रति नै अविश्वास बढिरहेको छ ।

ट्रम्पले राष्ट्रपतित्वलाई आफ्नो व्यक्तिगत कमाइ खाने भाँडो र आफन्त र मित्रहरूका लागि रोजगारी दिने अवसरको रूपमा हेरको जस्तो देखिन्छ । उदाहरणका लागि ट्रम्पले हस्ताक्षर गरेको कर सुधारको प्याकेजले ट्रम्पको परिवारलाई अत्यधिक फाइदा पुर्याउनेछ । त्यस्तै उनले उच्च पदमा चुनेका आफन्त र मित्रहरूको सूची लामै छ । तीमध्ये अधिकांश तिनीहरू चुनिएका पदका लागि सबैभन्दा उपयुक्त पात्र होइनन् भनेर अवलोकनकर्ताहरूले भनिरहेका छन् । अमेरिकीहरूलाई विस्तारै यी सबैको बानी परेको जस्तो देखिन्छ ।

यी स्वस्थ लोकतन्त्रिक गणतन्त्रमा नहुनुपर्ने कुरा हुन् । यो खालका कामहरू ‘बनाना रिपब्लिक’ भनिने असफल राष्ट्रहरूमा हुने गथ्र्यो तर यो आजको अमेरिकाको ‘नर्म’ भएको छ ।

प्रतिक्रिया दिनुहोस