चिप्लेढुङ्गा । प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ । बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत १९ मा बहुविवाह मुद्दामा एक वर्ष ११ महिना २१ दिन कैद र रु १० हजार जरिवानाको सजाय सुनाएको थियो । जिल्लाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पोखरा–१३ कमलपोखरीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
त्यसैगरी पक्राउ परेका अर्का फरार प्रतिवादी पोखरा–१० अमरसिंहका ४४ वर्षीय ओमबहादुर सिग्देल रहेका छन् ।
सिग्देलविरुद्ध २०७२ पुस ५ मा कास्की जिल्ला अदालतले वन पैदावार मुद्दामा रु तीन हजार ११६ जरिवाना फैसला गरेको थियो । वडा प्रहरी रामबजारको टोलीले सिग्देललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई अदालतमा पेस गरिसकेको प्रवक्ता हमालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २२ असार २०७७, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
२० वर्षभन्दा कम उमेरको विवाहमा न्यूनतम मात्र सजाय
अस्मिता र महेशबीच कसियो लगनगाँठो
विवाहको उमेर हद १८ वर्षमा झार्न उपसमितिले दिएको सुझावको विरोध
नाबालिकासँग झुक्याएर विवाह
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश