गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ११ सय नाघ्यो

सफल खबर संवाददाता

सोमबार, २२ असार २०७७, १५ : ०४
गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ११ सय नाघ्यो

पोखरा । गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ११ सय १३ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकाका ५१ वर्षिय महिलासहित लमजुङमा ११ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको छ । 

लमजुङमा भेटिएका संक्रमितमध्ये राइनासका एक पुरुष, बेँशिसहरका ३ पुरुष, सुन्दरबजारका ३ पुरुष, क्होलासोथरका २, दोर्दी र मध्यनेपालका एक एक जना पुरुष संक्रमित गरी ११ संक्रमित रहेका छन् । यस्तै, बागलुङको ढोरपाटनमा एक महिला र बडीगाड, काठेखोलामा दुई, दुई पुरष गरि ५ जना संक्रमित रहेका छन् ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले अस्पतालको आइसोलेसन वार्डमा उपचाररत १३ जना संक्रमित निको भएर घर फर्केको जानकारी दिएका छन् । १३ मध्ये एक जना स्याङ्जाका बृद्ध रहेका छन् भने बाँकी १२ जना कास्कीकै हुन् ।