ओली–प्रचण्ड वार्ता सकियो, पार्टी फुटाउन नहुनेमा एकमत

सफल खबर संवाददाता

सोमबार, २२ असार २०७७, ११ : ५९
ओली–प्रचण्ड वार्ता सकियो, पार्टी फुटाउन नहुनेमा एकमत

फाईल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीचको बैठक सकिएको छ । 

पार्टीभित्र देखा परेको विवाद समाधानबारे भएको बैठकमा पार्टी फुटाउन हुन्न भन्नेमा नेताहरु एकमत देखिएका छन् । 

सहमतिमा कसरी जाने भन्ने निष्कर्ष ननिस्केपनि सबै विषयमा छलफल सुरु भएको नेताहरुको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस