इरानको परमाणु केन्द्रमा भीषण आगलागी, ठुलो क्षतिको आशंका

एजेन्सी

सोमबार, २२ असार २०७७, १० : ३८
इरानको परमाणु केन्द्रमा भीषण आगलागी, ठुलो क्षतिको आशंका

एजेन्सी । इरानको परमाणु केन्द्रमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ । इरानको परमाणु उर्जा निकायका प्रवक्ताले बिहीबार आगलागी भएको र त्यसबाट ठूलो क्षति भएको बताएका हुन् ।

इरानको नातान्ज भन्ने स्थानमा रहेको परमाणु केन्द्रमा भएको र सो आगलागीको कारण थाहा नभएको ती प्रवक्ताले बताए पनि अन्य विस्तृत विवरण भने दिएनन् ।

आगलागीका कारण क्षति भएका मेसिनलाई थप आधुनिक मेसिनले बिस्थापित गर्ने बताए । गएको हप्ता पनि इरानको परमाणु केन्द्रमा आगलागी तथा बम बिस्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस