सकियो बालुवाटारमा बसेको बैठक, भोलि पुनः वार्ता

सफल खबर संवाददाता

आइतबार, २१ असार २०७७, १४ : ११
सकियो बालुवाटारमा बसेको बैठक, भोलि पुनः वार्ता

फाईल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको छ । बैठक करिव डेढ घण्टा बसेर सकिएको हो । बैठकमा के के विषयमा छलफल भयो भन्ने जानकारी आइसकेको छैन ।

छलफलमा प्रचण्डसँगै ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका थिए ।

प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए ।

वार्तामा सहभागी एक नेताका अनुसार सवै विषयमा छलफल भएपनि कुनै निर्णय हुन नसकेपछि वार्ता पुनः भोलि सोमबार बस्ने गरी सकिएको छ ।

नेकपाको स्थायी समिति बैठक सोमबार बिहान ११ बजे बस्ने भनिएको छ। उक्त बैठक हुनुअघि ओली-प्रचण्डबीच फेरि वार्ता हुनेछ ।

स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने तयारी छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस