एजेन्सी । जापानमा लगातारको अविरल वर्षाका कारण बाढी र पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाईते भएका छन् । उक्त बाढी तथा पहिरो जापानको दक्षिणी क्षेत्रमा रहेको आइल्याण्ड क्युशुमा गएको थियो ।
आइल्याण्डमा रहेको केयर होम (ज्येष्ठ नागरिकलाई राख्ने घर) मा बाढी पस्द त्यहां सबैभन्दा बढी क्षति भएको बताइएको छ । त्यो केयर होमबाट १४ जनाको शव निकालिउको छ । यस्तै अन्यलाई पहिरोले बगाएको छ ।
स्थानीय अधिकारीले दुई लाख भन्दा बढी मानिसलाई सो क्षेत्रबाट सुरक्षित स्थानमा लैजान आदेश दिएका छन् । उद्धारकर्मीलाई सहयोग गर्नका लागि १० हजार सुरक्षाकर्मी पठाइएको जापानका सञ्चारमाध्यमले जनाएका छन् । आइतबार दिनभर र राति पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् । प्रधानमन्त्री शिन्जो आबेले मानिसहरुलाई उच्च सतर्क रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २१ असार २०७७, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन