एजेन्सी । जापानमा लगातारको अविरल वर्षाका कारण बाढी र पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाईते भएका छन् । उक्त बाढी तथा पहिरो जापानको दक्षिणी क्षेत्रमा रहेको आइल्याण्ड क्युशुमा गएको थियो ।
आइल्याण्डमा रहेको केयर होम (ज्येष्ठ नागरिकलाई राख्ने घर) मा बाढी पस्द त्यहां सबैभन्दा बढी क्षति भएको बताइएको छ । त्यो केयर होमबाट १४ जनाको शव निकालिउको छ । यस्तै अन्यलाई पहिरोले बगाएको छ ।
स्थानीय अधिकारीले दुई लाख भन्दा बढी मानिसलाई सो क्षेत्रबाट सुरक्षित स्थानमा लैजान आदेश दिएका छन् । उद्धारकर्मीलाई सहयोग गर्नका लागि १० हजार सुरक्षाकर्मी पठाइएको जापानका सञ्चारमाध्यमले जनाएका छन् । आइतबार दिनभर र राति पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् । प्रधानमन्त्री शिन्जो आबेले मानिसहरुलाई उच्च सतर्क रहन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २१ असार २०७७, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित
बहुमत गुमाएपनि जापानका प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने