‘राष्ट्रपति विरुद्ध महाअभियोग लगाउने प्रस्ताव झुटो र अनर्गल’ : नेकपा प्रवक्ता श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, २१ असार २०७७, ०९ : ५२
‘राष्ट्रपति विरुद्ध महाअभियोग लगाउने प्रस्ताव झुटो र अनर्गल’ : नेकपा प्रवक्ता श्रेष्ठ

फाईल फोटो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन थालिएको भनेर झुटो प्रचार गरिएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले ‘आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको भेटघाटमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको बताएका थिए ।

राष्ट्रपति विरुद्ध अर्नगल झुठो प्रचार भएपछि त्यसैतर्फ लक्षित गर्दै  श्रेष्ठले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं ।’ उनले महाअभियोग ल्याउने प्रस्तावको झुठो प्रचारमा राष्ट्रपति स्वयंको पनि ध्यान जाने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस