थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुग्यो

सफल खबर संवाददाता

शनिबार, २० असार २०७७, १६ : ३१

 

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।