टोकियो । जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक बर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् ।
सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार बर्षासँगैको बाढी, पहिरो र डुवानका कारण अरु सयौँ व्यक्तिहरु प्रभावित भएका छन् ।
कतिपय व्यक्तिहरु घर डुवानमा परेकाले घरको छतमा उद्धारका लागि पर्खिरहेको पनि अधिकारीहरुले जनाएका छन् ।
रातभरीको बर्षाका कारण जापानको दक्षिणी क्षेत्रका झण्डै ७५ हजार मानिस बसोबास गर्दै आएको कुमामोटो र कागोशिमा डुबानमा परेर पोखरी जस्तो भएका छन् । डुवानमा परेकाहरुलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।
माटोसहितको बाढीले रुखलाई जरैदेखि उखेलेर बगाएका दृष्यहरूले स्थानीयहरू त्रसित बनेका प्रत्यक्षदर्शीहरुले बताए ।
स्थानीय एनएचके टेलिभिजनले कम्तीमा १३ जना मानिस हराइरहेको विवरण प्राप्त भएको जनाएको छ । अधिकारीहरुले खोजी तथा उद्धार कार्य जारी रहेकाले मानवीय तथा भौतिक क्षतिको विवरण एकिन गर्न नसकिएको बताएका छन् ।
प्रधानमन्त्री सिन्जे आवेले घटनास्थलमा खोजी तथा उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न विशेष टोली खटाइएको बताउनुभएको छ । (रासस/एपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० असार २०७७, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हङ्गेरीकी राष्ट्रपति पोल्याण्ड भ्रमणमा
यौन दुर्व्यवहारकाे आशंकामा बेलायतकाे कन्जरभेटिभ पार्टीका सांसद पक्राउ
भारतमा प्रदुषणबाट एक वर्षमा २३ लाखको मृत्यु
जेलेन्स्कीद्वारा फ्रान्स र जर्मनीका नेताहरूसँग टेलिफोन वार्ता
भारतीय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष पटेलद्धारा पार्टी परित्याग
अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट संक्रमित