इस्लामाबाद । पाकिस्तानमा एउटा यात्रुबाहक बसलाई शुक्रबार बाटो काट्नेक्रममा ट्रेनले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन् ।
यात्रुबाहक बसमा पाकिस्तानको पंजाबस्थित नानकाना साहिबबाट फर्कदै गरेका सिख तिर्थयात्री रहेको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् । उक्त बस रेलको लिक पार गर्नेक्रममा दुर्घटनामा परेको थियो ।
स्थानीय प्रहरीका अनुसार कराँचीबाट लाहोरतर्फ गइरहेको शाह हुसेन एक्सप्रेस ट्रेनले फारुकाबाद रेल्वे स्टेशन नजिक यात्रुबाहक बसलाई दिउँसो करिब १.३० बजे ठक्कर दिएको थियो ।
पाकिस्तानी अखबार दी डनका अनुसार दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएका छन् । घाइतेहरु सबैलाई शिखपुरास्थित जिल्ला अस्पतालमा भर्ना गरिएको छ । पाकिस्तानी रेल्वे मन्त्रालयले उक्त दुर्घटना शिखपुरा नजिकै भएको र मन्त्रालयले अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।
बसमा करिब २५ जना यात्रारत थिए । उक्त बसका यात्रीहरु पेशावरतर्फको यात्रामा थिए । (रासस–एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १९ असार २०७७, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानद्वारा भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु
भारतले क्षेप्यास्त्र हान्यो, जवाफ दिन हाम्रो सेना तम्तयार: पाकिस्तान
भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको अमेरिकी राजदूतलाई पाकिस्तानद्वारा जानकारी
भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको रुलिङ
भारत- पाकिस्तान तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने