थप एक कोरोना संक्रमितको मुत्यु, मृत्यु हुनेको संख्या ३२ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १९ असार २०७७, १६ : ३४

फाइल फोटो

काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मुत्यु भएको छ ।

काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको आजको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनको असार १७ गते मृत्यु भएको गौतमले जानकारी दिए । 

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा ३२ पुगेको छ ।