थप ८२३ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ६ हजार नाघ्यो

सफल खबर संवाददाता

शुक्रबार, १९ असार २०७७, १६ : २१

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२३ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६१४३ पुगेको छ ।