काठमाडौं । नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । यसअघि निम्न आय भएको मुलुकमा नेपाल थियो । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा छ । नेपाललाई सन् २०३० भित्र मध्यम आय भएको देशमा उकाल्ने सरकारको लक्ष्य छ ।
विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो । सन् २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असार २०७७, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
टी–२० विश्वकप : स्कटल्यान्डविरुद्ध ७ विकेटले जित्यो नेपाल
टी–२० विश्वकप: नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यूएईविरुद्ध ७ विकेटले निकाल्यो नेपालले शानदार जित