बलिउडका चर्चित कोरियोग्राफर सरोज खानको निधन

एजेन्सी

शुक्रबार, १९ असार २०७७, १० : ४३
बलिउडका चर्चित कोरियोग्राफर सरोज खानको निधन

एजेन्सी । बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ । उनको गए राति उपचारको क्रममा मृत्यु भएको हो । खान पछिल्लो केही समयदेखि बिरामी थिइन् । हृदयघात भएपछि गत महिना मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।

सरोज खान भारतको फिल्म इण्डस्ट्रीको दिग्गज नृत्य निर्देशक मध्ये एक हुन् । बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी थिईन । उनले आफ्नो करियर एक असिस्टेन्ट कोरियोग्राफरका रुपमा गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस