एजेन्सी । भारतको उत्तरप्रदेशको कानपुरमा हतियारधारीको आक्रमणमा परी आठ प्रहरीको मृत्यु भएको छ । प्रहरीको मोस्ट वान्टेडको खोजी सूचीमा रहेका विकास दुवेलाई पक्रन गएको बेला दुवै पक्ष बिच गोली हानाहान भएको थियो ।
गोली हानाहानमा परि प्रहरीका डीएसपी देवेन्द्र मिश्रसहित आठ जना प्रहरीको मृत्यु भएको भारतीय सञ्चार माध्यले उल्लेख गरेका छन् । घटनामा परि ६ जना प्रहरी घाईते समेत भएका छन् । दुवेको समूहले प्रहरीलाई घेरा हालेर अन्धाधुन्द गोली प्रहार गरेको र प्रहरीको हतियार समेत लुटेका छन् । उक्त घटनामा दुवे तर्फका ३ जना पनि मारिएको प्रहरीको दाबी छ ।
विकास दुवेविरुद्ध कानपुरमा राहुल तिवारीले हत्या प्रयासको मुद्दा दायर गरेका थिए । त्यपछि विकासलाई पक्राउ गर्न प्रहरी उनको गाउँ गएको थियो । प्रहरीलाई रोक्न विकास दुवेको गिरोहले सडकमा जेसिबी राखेको थियो । प्रहरी त्यहाँ पुग्ना साथ दुवे समुहका व्यक्तिहरुले लुकीछिपी घरको छतबाट फायरिंग गरेका थिए । घटना लगत्तै प्रहरीले उत्तरप्रदेशको सबै सीमा सिल गरेको छ ।
अपराधी विकास दुवे उत्तरप्रदेशका कुख्यात गुण्डा नाइके रहेको प्रहरीले जनाएको छ । सन २००१ मा प्रहरी चौकीमै प्रवेश गरेर भाजपा नेता तथा राज्यमन्त्री संतोष शुक्लाको हत्या गरेका आरोप छ । उनीविरुद्ध प्रहरीमा ५ दर्जन बढी मुद्धा दर्ता छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १९ असार २०७७, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’