एजेन्सी । भारतको उत्तरप्रदेशको कानपुरमा हतियारधारीको आक्रमणमा परी आठ प्रहरीको मृत्यु भएको छ । प्रहरीको मोस्ट वान्टेडको खोजी सूचीमा रहेका विकास दुवेलाई पक्रन गएको बेला दुवै पक्ष बिच गोली हानाहान भएको थियो ।
गोली हानाहानमा परि प्रहरीका डीएसपी देवेन्द्र मिश्रसहित आठ जना प्रहरीको मृत्यु भएको भारतीय सञ्चार माध्यले उल्लेख गरेका छन् । घटनामा परि ६ जना प्रहरी घाईते समेत भएका छन् । दुवेको समूहले प्रहरीलाई घेरा हालेर अन्धाधुन्द गोली प्रहार गरेको र प्रहरीको हतियार समेत लुटेका छन् । उक्त घटनामा दुवे तर्फका ३ जना पनि मारिएको प्रहरीको दाबी छ ।
विकास दुवेविरुद्ध कानपुरमा राहुल तिवारीले हत्या प्रयासको मुद्दा दायर गरेका थिए । त्यपछि विकासलाई पक्राउ गर्न प्रहरी उनको गाउँ गएको थियो । प्रहरीलाई रोक्न विकास दुवेको गिरोहले सडकमा जेसिबी राखेको थियो । प्रहरी त्यहाँ पुग्ना साथ दुवे समुहका व्यक्तिहरुले लुकीछिपी घरको छतबाट फायरिंग गरेका थिए । घटना लगत्तै प्रहरीले उत्तरप्रदेशको सबै सीमा सिल गरेको छ ।
अपराधी विकास दुवे उत्तरप्रदेशका कुख्यात गुण्डा नाइके रहेको प्रहरीले जनाएको छ । सन २००१ मा प्रहरी चौकीमै प्रवेश गरेर भाजपा नेता तथा राज्यमन्त्री संतोष शुक्लाको हत्या गरेका आरोप छ । उनीविरुद्ध प्रहरीमा ५ दर्जन बढी मुद्धा दर्ता छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १९ असार २०७७, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?