‘साइबर हमलाको कडा असर’

पत्रपत्रिकाबाट

शुक्रबार, १९ असार २०७७, ०७ : १८
‘साइबर हमलाको कडा असर’

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस रोग (कोभिड–१९) को समस्यालाई अनलाइन स्रोत समेतको प्रयोग गरी रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार सक्रिय रहेको बताएका छन । 

एस्टोनिया र सिङ्गापुरद्वारा आयोजना गरिएको कोभिड–१९ मा डिजिटल माध्यमको उपयोगितासम्बन्धी मन्त्री स्तरीय भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै उन्ले  यस्तो बताएका हुन  ।

उन्ले  देशलाई ज्ञानमा आधारित समाजमा रूपान्तरण गर्ने कार्य भइरहेको बताए  । कम विकसित देशले गलत सूचना र साइबर हमलाको सबैभन्दा कडा असर भोग्नु परेको भन्दै उन्ले  यी देशको क्षमता अभिवृद्धि गर्र्नुपर्नेमा जोड दिए । सुरक्षित, दिगो र न्यायसङ्गत डिजिटल पहुँच सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस