आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, १८ असार २०७७, ०८ : २९
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएकोले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले देशका अधिकांश स्थानमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भएको छ। 

बिहीबार दिउँसो सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक९दुई स्थानमा भारी वर्षा हुने मौसमविदलेको भनाई छ । देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस