पेरिस । कोरोनाभाइरसबाट सङ्क्रमित भएर विश्वभरी बुधबारसम्ममा पाँच लाखभन्दा बढीको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार संसारभरी मृत्यु भएकाहरुको संख्या पाँच लाख १४ हजार ३२२ रहेको छ ।
विश्वभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५८ लाख १२ हजार १० पुगेको छ भने कुल सङ्क्रमितको संख्या एक करोड ६ लाख नाघेको छ ।
कुल सङ्क्रमितहरुको संख्यामध्ये सबैभन्दा धेरै अमेरिकामै रहेको पाइएको छ । अमेरिकामा अहिलेसम्म २७ लाख २७ हजार त९९६ जना सङ्क्रमित भएका छन् । कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार १२३ पुगेको छ ।
कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल भएको छ । शुरुमा प्रभावितको सूचीमा पछाडी नै रहेको ब्राजिल अहिले अग्रस्थानमा छ । ब्राजिलमा अहिलेसम्म १४ लाख आठ हजार ४८५ जना सङ्क्रमित भएका छन् भने ५९ हजार ६५६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी तेस्रो धेरै प्रभावित भएको रुसमा छ लाख ५४ हजार ४०५ जना सङ्क्रमित हुँदा नौ हजार ५३६ जनाको मृत्यु भएको छ ।
सङ्क्रमितहरुको संख्याका आधारमा चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौमा पेरु, आठौँमा चिली, नवौँमा इटाली र दशौँमा इरान रहेका छन् ।
कोरोनाका कारण विश्वभरी सङ्क्रमितहरुको संख्यामा कमी नआए पनि मानवीय गतिविधिहरुमा बृद्धि हुन थालेको छ । (रासस/एपी/एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १७ असार २०७७, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै