म्यान्चेस्टरले ब्राइटन माथि जित निकाल्दै  पाँचौ स्थानमा

एजेन्सी

बुधबार, १७ असार २०७७, ०९ : ५०
म्यान्चेस्टरले ब्राइटन माथि जित निकाल्दै  पाँचौ स्थानमा

एजेन्सी ।  इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा पर्ने गरि म्यानचेस्टर युनाइटेडले महत्वपुर्ण जित निकालेको छ । मंगलबार राति भएको खेलमा ब्राइटनमाथि ३–० को जित निकाल्दै म्यानचेस्टर युनाइटेड पाँचौँ स्थानमा उक्लिएको हो ।

अवे मैदानमा भएको खेलमा युनाइटेडका लागि म्यासन ग्रिनवुडल १६ औँ तथा ब्रुनो फेर्नान्डेसले २९ र ५० औँ मिनेटमा गरी दुई गोल गरे । जितपछि ३२ खेलबाट ५२ अंक जोडेको युनाइटेड समान खेलबाट समान अंक रहेको वुल्भ्सलाई गोल अन्तरमा पछि पारी पाँचौँ स्थानमा उक्लिएको छ ।

युनाइटेड चौथो स्थानको चेल्सी भन्दा दुई अंकले पछि रहेको छ । चेल्सीको ३१ खेलबाट ५४ अंक छ। पराजित भएको ब्राइटन ३२ खेलबाट ३३ अंकसहित १६ औँ स्थानमा कायम छ।

प्रतिक्रिया दिनुहोस