आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, १७ असार २०७७, ०९ : ३१
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु सक्रिय रहेका कारण मौसम बदली तथा वर्षाको सम्भावना रहेको जनाएको छ ।

बुधबार दिउँसो देशका सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश २ का थोरै स्थानमा वर्षा भइरहेको छ।

राति पनि सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविदले उल्लेख गरेका छन् । देशभरका विभिन्न नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, डुबान समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमपूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस