Safal Khabar - अर्घाखाँचीमा पुग्यो सलह किरा
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
अर्घाखाँचीमा पुग्यो सलह किरा
सोमबार, १५ असार २०७७, २० : ४३
अर्घाखाँचीमा पुग्यो सलह किरा

काठमाडौं । अर्घाखाँची जिल्लामा सलह देखिएको छ ।  चार पालिकाका विभिन्न क्षेत्रमा सलह देखिएको हो । शीतगङ्गा नगरपालिकाका सबैजसो वडामा सलह देखिएको छ ।  

सुवर्णखाल,  सिद्धारा, ठाडादह, अमराई, कोप्चिबास, भेडामारे, सिमलपानी, जुकेना, सीतापुर, झिर्रा, मन्द्रेलगायत क्षेत्रमा सलह देखिएपछि स्थानीयवासीले धुवाँ लगाएर तथा थाल पिटेर भगाउने प्रयास गरेका छन् । 

भूमिकास्थान नगरपालिकाका धनचौर, ढिकुरा, ढाकावाङ र  नुवाकोट, सन्धिखर्क नगरपालिकाको किमडाँडालगायत तथा पाणिनी र मालारानी गाउँपालिकामा विभिन्न क्षेत्रमा पनि सलह आएर  मकै र तरकारीबाली नष्ट गरेको किसानले गुनासो गरेका छन् ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस