काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम सामान्यतया बदली हुने जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा पानी परेको छ।
नेपालमा अहिले अरेबियन सागरबाट आएको दक्षिण–पश्चिमबाट बहने मनसुनी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । यस्तै नेपाल नजिकै रहेको मनसुनी न्यून चापीय रेखाको पनि प्रभाव छ । सोमबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशभर सामान्य बदली रही केही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असार २०७७, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना