परासी । दाङमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज परीक्षण गर्दा रिपोर्र्ट पोजेटिभ आएको हो ।
प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार घोराही उपमहानगरपालिका –१५ गुम्राह चोकमा बुधबार भेटिएकी अन्दाजी ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो ।
गम्भीर बिरामी अवस्थामा भेटिएकी उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई जनप्रतिनिधि र प्रहरीको सक्रियतामा उद्धार गरी अस्पताल लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ असार २०७७, १८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै