श्रीदेवीको मृत्यु पानीमा डुबेर, शरीरमा अल्कोहल भेटियो

एजेन्सी

मंगलबार, १५ फागुन २०७४, ०८ : ३५
श्रीदेवीको मृत्यु पानीमा डुबेर, शरीरमा अल्कोहल भेटियो

बलिउड अभिनेत्री श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको फरेन्सिक रिपोर्टबाट देखिएको छ । साथै उनको शरीरमा अल्कोहल पाइएको पनि रिपोर्टमा उल्लेख छ ।

दुबईमा सोमबार बेलुकी साढे ४ बजे श्रीदेवीको फरेन्सिक रिपोर्ट जारी भएको हो । रिपोर्टका अनुसार उनी बाथटवमा भएको बेला बेहोश भएकी थिइन् । टबमा डुबेर नै उनको मृत्यु भएको ठहर गरिएको छ । उनलाई कार्डियाक अरेस्ट आएको थिएन । यसअघि उनको कार्डियाक अट्याकबाट मृत्यु भएको समाचार फैलिएको थियो ।

रिपोर्टका अनुसार श्रीदेवीको रगतमा अल्कोहाल पनि भेटिएको छ । दुबई पुलिसले श्रीदेवी दुर्घटनावस वाथटवमा डुबेर बेहोश भएको र उनको मृत्यु भएको जनाएको छ । प्रहरीे यो केसको कानूनी कारवाही दुबई प्रोसिक्यूसनलाई सुम्पिएको छ ।

परिवारका एक निकटस्थको हवाला दिदै दुबईबाट प्रकाशित खलिज टाइम्सले भनेको छ कि बोनी कपुर बिबाहमा सहभागी भएर मुम्बई फर्किएका थिए । २४ फेबु्रअरीमा उनी फेरि दुबई गए र बेलुकी करिव ५:३० बजे जुमैरा इमरेट्स टावर होटलमा गए । यहाँ श्रीदेवी बसेकी थिइन् । बोनीले श्रीदेवीलाई सरप्राइज डिनरमा लैजान योजना बनाएका थिए ।

बोनीले श्रीदेवीलाई उठाए र उनीहरुबीच करिब १५ मिनेट कुरा भयो । यसपछि श्रीदेवी वासरुम गइन् । १५ मिनेटसम्म उनी नफर्केपछि बोनीले बाथरुमको ढोका ढक्ढकाए । भित्रबाट कुनै आवाज नआएपछि उनले धक्का दिएर ढोका खोले । त्यहाँ उनले देखे कि श्रीदेवी अचेत अवस्थामा बाथटवमा लडेकी थिइन् ।

बोनीले उनलाई होशमा ल्याउन प्रयास गरे तर सफल भएनन् । त्यसपछि उनले आफ्ना साथीलाई फोन गरे । करिब ९ बजे प्रहरीलाई खबर गरे । प्रहरी र डाक्टर होटल आएपछि श्रीदेवीलाई मृत घोषित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस