अब साऊदी अरबको सेनामा महिला पनि भर्ती हुन पाउने

एजेन्सी

मंगलबार, १५ फागुन २०७४, ०८ : १३
अब साऊदी अरबको सेनामा महिला पनि भर्ती हुन पाउने

साऊदी अरब सरकारले सुरु गरेको सुधारहरुलाई अगाडि बढाउँदै महिलाहरुका लागि सेनामा जागिरको ढोका खुला गरेको छ । साऊदी सरकारले महिलाहरुका लागि स्वैच्छिक रुपमा सेनामा भर्ती हुने छुट दिएको छ । उसले महिलाहरुले सेनामा जागिर खानुपर्ने विषयलाई अनिवार्य नगरेको बीबीसीले जनाएको छ ।

साऊदी प्रेस एजेन्सी (एसपीए) का अनुसार जन सुरक्षा निर्देशालयले आइतबार सैन्य पदहरुमा भर्ती खुला गरेको छ । निर्देशनालयले महिलाहरुलाई रियाद, मक्का, मदीना, कासिम, असिर, अल–बहा र शरकियाह सहरमा नियुक्त गरिने जनाएको छ ।

साऊदी सरकारले महिलालाई सेनामा भर्ती हुनका लागि केही योग्यताहरु पनि निर्धारण गरेको छ । बीबीसीका अनुसार साऊदी सरकारले सेनामा भर्ती हुन चाहने महिला साऊदी मूलको हुनु पर्ने र शैक्षिक योग्यता हाईस्कूल डिप्लोमा पास गरेकै हुनु पर्ने बाध्यबारी योग्यता बनाएको छ । बीबीसीका अनुसार २५ वर्षभन्दा कम र ३५ वर्षभन्दा बढी उमेर पुगेका महिलाहरुले सेनामा भर्ती हुनका लागि आवेदन गर्न पाउने छैनन् ।

साउदी सरकारले गत वर्षको जून महीनाबाट महिलाहरुलाई पहिलो पटक कार चलाउन पाउने इजाजत दिएको थियो । साथै साऊदीका महिलाहरुले अब सार्वजनिक रुपमा स्टेडियममा बसेर फुटबल प्रतियोगिता पनि हेर्ने इजाजत पाएका छन् । गत डिसेम्बरमा सिनेमामाथि जारी दशकौं लामो प्रतिवन्ध हटाएको थियो ।

साऊदी अरबमा महिलाहरुलाई एक्लै घुमफिर गर्ने अधिकार छैन् । उनीहरु परिवारका कुनै पनि एक पुरुष सदस्यसँग मात्रै घुमफिर गर्न पाउँछन् । साऊदी अरवका अधिकांश रेस्टुरेन्ट र क्याफेलाई दुई भागमा बाँडिएको हुन्छ, एउटा पुरुषहरुका लागि अर्को परिवारका लागि । महिलाहरु परिवारका लागि छुट्याइएको रेष्टुरेन्ट र क्याफेमा मात्रै पति अथवा परिवारका साथ बस्न पाउँछन् ।बीबीसी

प्रतिक्रिया दिनुहोस