संयुक्त राष्ट्रसँगको सहमतिपछि पनि सिरियामा हमला जारी, हालसम्म ५२७ को मृत्यु

एजेन्सी

मंगलबार, १५ फागुन २०७४, ०८ : ११
संयुक्त राष्ट्रसँगको सहमतिपछि पनि सिरियामा हमला जारी, हालसम्म ५२७ को मृत्यु

सिरियाली राष्ट्रपति बसर अल अस्सदको सेनाले पूर्वीय गोटामा विद्रोहीहरुमाथि एक हप्तासम्म लगातार गरेको आक्रमणमा अहिलेसम्म ५०० भन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ,जसमा १०० भन्दा धेरै बालबालिकाहरु रहेको बताइएको छ । त्यसकारण यस भयानक मानव संकटको अन्त्यका लागि शनिबार देखि नै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले ३० दिनका लागि युद्धविराम गराउन अपील गरेको हो । यसै मुद्दामा सिरियाले आइतबार सहमति जनाएको भएपनि सो स्थानमा अझै बमबारी नरोकिएपछि अन्तराष्ट्रिय समुदायले चिन्ता व्यक्त गरिरहेको डेलीमेलले बताएको छ ।

गृहयुद्धका कारण भयानक हिंसा मच्चिएपछि विश्वव्यापी रुपमा अहिले सिरियाली सरकारको आलोचना भइरहेको छ । त्यसैले सर्वसाधारण माथिको हिंसालाई अन्त्य गर्न माग गर्दै संयुक्त राष्ट्र संघले सहयोगका साधनहरु पुर्याउन भएपनि ३० दिनका लागि युद्धविरमको माग राखेको थियो । यसबारेमा आइतबार सहमति भइसकेपनि सेनाले अझै आक्रमण नरोकाएको बताइएको छ । संयुक्त राष्ट्र संघको यस अपीलपछि सिरियाली संकट केही कम हुने अपेक्षा गरिएको थियो तर यसलाई लागू गराउन अझै निकै कठिन भइरहेको बताइएको छ ।

यसबारेमा सिरियाको सबैभन्दा ठूलो सहयागी राष्ट्र रुससँग पनि आइतबार जर्मनकी चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले फोनवार्ता गरेका हुन् । दुवै देशले पुटिनसमक्ष सो लडाईलाई रोेक्न सिरियामाथि सक्दो दबाब दिन अनुरोध गरेको बताइएको छ ।

तर यता अन्तराष्ट्रिय समुदायको लगातार कोशिशका बावजुद आइतबार पनि सो क्षेत्रमा बमको आवाज सुन्न सकिने शहरका स्थानीय पत्रकारले जानकारी गराएका हुन् । प्राप्त जानकारी अनुसार आइतबार मात्र सो क्षेत्रमा मद्दतका लागि पुगेका ७ अधिकारीहरुको मृत्यु भएपछि अहिले मृतकको सङ्ख्या ५२७ पुगिसकेको बताइएको छ जसमा १२९ बालबालिकाहरु रहेको बताइएको छ ।

करिब चार लाख मानिसहरुको वासस्थान रहेको पूर्वीय गोटा शहर अहिले पूर्ण रुपमा क्षतिग्रस्त बन्न पुगेको छ । आतङ्ककारी समूह अलकायदा विरुद्ध सिरियाली सेनाले पछिल्लो हप्तादेखि लगातार हमला गरिरहँदा सर्वसाधारण सबैभन्दा ठूलो संकटमा परेका हुन् । यस खबरप्रति सिरियाली सरकार र सेनाले कुनै प्रतिक्रिया दिएका छैनन् । उता राजधानी डम्यासकसको नजिकै भएको रासायनिक बम हमलाबाट पनि एक बालकको मृत्यु भएको अमेरिकन मेडिकल सोसाइटीले खबर गरेको छ । पछिल्लो हप्ताको तुलनामा अहिले बमबारी केही कम भएको बताइएपनि आइतबार थप आठजनाको मृत्यु भएको बताइएको छ जसमध्यये ३ बालबालिका रहेका छन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस