चिनियाँ चुनौतीका कारण युरोपमा सेना घटायौँः अमेरिकी विदेश मन्त्री

एजेन्सी

शुक्रबार, १२ असार २०७७, ११ : १८
चिनियाँ चुनौतीका कारण युरोपमा सेना घटायौँः अमेरिकी विदेश मन्त्री

एजेन्सी । भारत तथा दक्षिण पूर्वी एसियाली देशहरुमा बढ्दै गएको चिनियाँ चुनौतीका कारण अमेरिकाले युरोपमा आफ्नो सेनाको उपस्थिति कम गरेर उनीहरुलाई अरु क्षेत्रमा तैनाथ गर्न थालेको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले  बताएका छन् ।

बिहीबार ब्रसेल्स फोरमलाई भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् । भारत र चीनका सेनाबिच जुन १५ को राति सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भिडन्त हुँदा भारतीय सेनाका एक उच्च अधिकारी सहित २० जनाको ज्यान गएको थियो ।

पोम्पियोका अनुसार चिनियाँ पार्टीको कारवाही भारत, भियतनाम, इन्डोनेशिया, मलेशिया, फिलिपिन्स र दक्षिण चीन सागरका लागि खतरा हो । अमेरिकी विदेशमन्त्रीले भने, ‘चीनको पिपल्स लिबरेशन आर्मीको सामना गर्नका लागि तयार हुनुपर्ने कुरामा हामी सुनिश्चित हुन चाहन्छौं । मलाई लाग्छ कि हाम्रो समयको यहि चुनौती हो र हाम्रो तयारी पूरा छ कि छैन भन्ने कुरा हामी सुनिश्चित गर्न चाहन्छौं ।’

चिनियाँ पक्षमा पनि क्षति भएको बताइन्छ, तर चीनले यसको पुष्टि गरेको छैन । जर्मनीमा अमेरिकी सैनिकको संख्या किन घटाइएको सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले ती सेनाहरु अरु क्षेत्रमा पठाइएको बताए । चीनको सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीका कार्यहरु भारत, भियतनाम, मलेसिया, इन्डोनेसिया र साउथ चाइना सीमाका लागि चुनौती रहेको बताएका छन् ।

चीनको सैन्य तथा आर्थिक गतिविधि तीव्र रुपमा बिस्तार गरिरहेको छ र त्यसको प्रभाव इन्डो प्यासिफिक क्षेत्रसहितका स्थानमा बिस्तार हुँदै गएको छ ।
 

प्रतिक्रिया दिनुहोस