भारतमा चट्यांगले एकै दिनमा लियो १ सय ७ जनाको ज्यान

सफल खबर संवाददाता

शुक्रबार, १२ असार २०७७, ०९ : ५२
भारतमा चट्यांगले एकै दिनमा लियो १ सय ७ जनाको ज्यान

एजेन्सी । भारतमा चट्यांगले एकै दिन १०७ जनाको ज्यान लिएको छ । बिहीबार बिहारमा ८३ तथा उत्तर प्रदेशमा  २४ जनाको चट्यांगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

अझै पनि क्षतिको विवरण संकलन भइरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बिहारको विपद प्रबन्ध विभागका मुख्य सचिव प्रत्यय अमृतले जानकारी दिएका छन् ।  । अबको केही दिन चट्यांगसहित वर्षाको सम्भावना रहेकाले सचेत हुन मौसम विभागले आग्रह गरेको छ । अबको तीन दिन बिहारका विभिन्न जिल्लामा भारी वर्षा हुने सम्भावना छ ।

यस्तै उत्तर प्रदेशमा पनि ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताइएको छ । सो क्षेत्रमा पनि भारी वर्षासहित चट्यांग पर्न सक्ने भएकाले सावधान रहन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस