नारायणीमा माछा मार्न गएका एक युवक बेपत्ता

रासस

शुक्रबार, १२ असार २०७७, ०९ : २२
नारायणीमा माछा मार्न गएका एक युवक बेपत्ता

सांकेतिक तस्बिर ।

भरतपुर । नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका–४ बस्ने २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएको जिल्लाप्रहरी कार्यालय चितवनले जनाएको छ । 

नदी किनारमा माछा मार्ने क्रममा उनलाई बढीले बगाएको थियो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस