नेयमारले रियल मड्रिडसँगको खेल गुमाउने

एजेन्सी

मंगलबार, १५ फागुन २०७४, ०८ : ०२
नेयमारले रियल मड्रिडसँगको खेल गुमाउने

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमारले च्याम्पियन्स लिग अन्तर्गत रियल मड्रिडविरुद्धको अन्तिम १६ को दोस्रो लेग खेल गुमाउने भएका छन् ।

खुट्टाको चोटका कारण नेयमारले रियल मड्रिडविरुद्धको होम गेम गुमाउने भएका हुन् ।

फ्रेन्च लिग अन्तर्गत आइतबार मार्सेलीसँगको खेलमा नेयमार घाइते भएका थिए । उक्त खेलमा पिएसजीले ३ – ० को जित निकालेको थियो । खेलको दौरान मैदानमा ढलेका नेयमारको दाहिने खुट्टाको एन्कल फ्याक्चर भएको थियो । स्ट्रेचरबाट मैदान छाडेका नेयमारको चोट मुक्त हुन् केहि साता लाग्ने भएको कारण रियलसँगको खेलमा उनी मैदान नउत्रने डेलिमेलले समाचार लेखेको छ ।

महत्वपूर्ण रहेको दोस्रो लेगमा पिएसजीले अर्को साता घरेलु मैदानमा रियल मड्रिडसँग खेल्दै छ । पिएसजी र रियलको खेल मार्च ६ मा हुने छ ।  पहिलो लेगमा रियल ३ –  १ ले अघि रहेको छ । च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्न पिएसजीलाई जित निकाल्नुको विकल्प छैन ।

दोस्रो लेगमा नेयमार नखेल्ने भएपछि रियल मड्रिडलाई केहि फाइदा पुगेको छ ।  यसै सिजन कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका २६ बर्षे नेयमारले ३० खेलमा २९ गोल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस