मेक्सिको । मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सात पुगेको बताइएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो ।
उक्त शक्तिशाली भूकम्पबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक रुपमा खुलेको बताइएको छ । बुधबार मेक्सिको सरकारले सो भूकम्पबाट कम्तीमा पनि सात जनाको निधन भएको बताइएको छ ।
बुधबार दिइएको प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण सात जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । साथै यहाँका अधिकारीहरुले सो भूकम्पबाट कम्तीमा पनि दुई हजार घरहरु भत्किएको जनाएका छन् ।
भूकम्पबाट जोगिन यहाँका कैयौं मानिस घरबाहिर भागेका र यसका कारण ठूलो संख्याका नागरिक घाइते भएका स्थानीय अधिकारीहरुले बताएका छन् । मेक्सिकोको राजधानी मेक्सिको सिटीभन्दा करिब ७०० किलोमिटर टाढाको ओक्जाका शहरमा सो भूकम्पले बढी क्षति पु¥याएको बताइएको छ । भूकम्पको झड्का निकै शक्तिशाली रहेकोले सो झड्कापछि घरहरु भत्किएर थिचेको र यसबाट मानिसको ज्यान गएको बताइएको छ । (रासस–सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ असार २०७७, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पा केन्द्रबिन्दु भएर भूकम्प
बारपाकीले बिर्सन नसकेका भूकम्प
सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
रुकुम पूर्वमा भूकम्पको धक्का
वैशाख १२ को भूकम्प: आज स्मृति दिवस
वैशाख १२ को भूकम्प: बारपाकमा भोलि सार्वजनिक बिदा