चितवन । पू्र्वी चितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ । उहाँको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा निधन भएको कान्छा छोरा हरि तामाङले जानकारी दिनुभयो ।
लामो समय देखि अल्सरको उपचार गर्दै आउनुभएका तामाङको पछिल्लो समय कलेजोले काम गर्न छाडेको थियो । समस्या जटिल भएपछि उहाँलाई अस्पतालले घरमा नै आराम गर्न भनी पठाएको नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङको निधन आज दिउँसो ४ बजे भएको हो ।
उहाँलाई केही दिनअघि आयुर्वेदिक उपचारका लागि मकवानपुरको भीमफेदी लगिएको थियो । उपचारका क्रममा तामाङको निधन भएको हो । नगरसभा सकिने समयमा उहाँको निधन भएको खबर आएको प्रमुख बरालले बताउनुभयो । तामाङ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको एक श्रीमती, दुई छोरा र दुई छोरी छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १० असार २०७७, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वरिष्ठ कलाकार 'राते काइँला' सुनिल थापाको निधन
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
गायक प्रशान्त तामाङको निधन
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन
तारकेश्वर गाउँपालिकाका वडाध्यक्ष रिमालको निधन