ओली र प्रचण्डद्वारा स्थायी समिति बैठकका एजेण्डा तय, एमसीसीबारे पनि छलफल हुने

सफल खबर संवाददाता

बुधबार, १० असार २०७७, १२ : १५
ओली र प्रचण्डद्वारा स्थायी समिति बैठकका एजेण्डा तय, एमसीसीबारे पनि छलफल हुने

फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकका एजेण्डा तय गरेका छन् । 

बैठकमा एमसीसी पनि समेटिएको छ । यसअघि दुई अध्यक्षबीच साझा एजेण्डा तय हुन नसक्दा समस्या हुँदै आएको थियो । आजै पार्टीको स्थायी समिति बैठक बस्दैछ । 

बैठकको एजेण्डाको पहिलो नम्बरमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सम्बन्धमा अध्यक्षद्वय ओली र प्रचण्डले मन्तव्य राख्नेछन् । 

त्यस्तै दोस्रो एजेण्डा सरकारका कामकारवाहीबारे छलफल हुने भएको छ । सरकारका कामकारवाहबिारे छलफल विषय समेत तोकिएको छ । सरकारका कामका सम्बन्धमा कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार, नेपालको सिमा समस्या समाधान र अन्य गरी तीन उपशिर्षक रहेका छन् ।

त्यस्तै पार्टी एकताका बाँकी कामहरुबारे पनि छलफलको एजेण्डा बनाइएको छ ।  

नेकपामा एमसीसीबारे चर्को विवाद छ । यस विषयमा बैठक केन्द्रीत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस